नेपाल आउनलाई नयाँ राजदूतको अमेरिकामै शपथग्रहण

नेपाल आउनलाई नयाँ राजदूतको अमेरिकामै शपथग्रहण

नेपालका लागि नवनियुुक्त अमेरिकी राजदूत डिन थम्पसनले वासिङ्टन डिसीमा पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।

उहाँलाई राष्ट्रपति जो बाइडेनले गत मार्च २९ का दिन नेपालका लागि राजदूतमा नियुक्तिको लागि सिफारिस गर्नुभएको थियो । त्यसपछि अप्रिल ४ तारिखका दिन थम्पसनको नाम अनुमोदनको निम्ति सिनेटमा पठाइयो ।

यसअघिका राजदूत रेण्डी बेरीले आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा अस्ति राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

 

टिप्पणीहरू