धादिङमा ट्रक दुर्घटना : दुईको मृत्यु,सख्त घाइतेलाई काठमाडौं ल्याईंदै

धादिङमा ट्रक दुर्घटना : दुईको मृत्यु,सख्त घाइतेलाई काठमाडौं ल्याईंदै

धादिङको नीलकण्ठ नगरपालिका–१०, हनुमान डाँडामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते छन् । दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारको निम्ति काठमाडौं ल्याइएको छ ।

धादिङबेसीबाट सल्यानटारतर्फ जाँदै गरेको ना. ४ ख ८०४१ नम्बरको ट्रक ओरालोमा दुर्घटनामा परेको हो । कपिलवस्तुका अन्दाजी ३५ वर्षे इन्द्रजित पासी र २५ वर्षका सद्धाम अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।

घाइतेमध्ये कपिलवस्तुकै विनोद चमार र तुलसीराम पासीलाई धादिङ अस्पतालले थप उपचारको निम्ति काठमाण्डौ पठाएको छ । कपिलवस्तुका मोहम्मद जुवेद,साधु धोवी,मंग्र पासी,कन्चनपुरका भीमबहादुर चौधरी, मकवानपुरका सूर्यबहादुर थिङ र अनिष थिङको धादिङ अस्पतालमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी विक्रम बि.क.ले जानकारी दिए ।

प्रत्यक्षदर्शीका अनुसार ओरालो सडकमा अनियन्त्रित हुँदा ट्रक सडक कुनामा पल्टिएको हो । जस्ता र फलामलगायत महोत्सवको स्टल बनाउन प्रयोग गरिने सामानमाथि बसेकाहरु दुर्घटनापछि सडकमा पछारिएका कारण ठूलो क्षति भएको उनीहरुको भनाइ छ ।

टिप्पणीहरू