दशैंपछि नेपाली आकाशको अडिटको तयारी

दशैंपछि नेपाली आकाशको अडिटको तयारी

नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली संघ (इयु) को प्राविधिक टोली आउने भएको छ । टोली दसैँलगत्तै नेपाल आउने जनाइएको छ ।

उक्त टोलीले लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेसन, एयर वर्थनेसन, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एण्ड ग्राउन्ड एड्सलगायत आठ वटा क्षेत्रबारे गहन अध्ययन गर्ने जनाइएको छ ।

नेपाली आकासलाई असुरक्षित भन्दै इयुले सन् २०१३ डिसेम्बरदेखि नेपालका कुनै पनि विमान कम्पनीलाई युरोपको आकाशमा उडान प्रतिबन्ध लगाउँदै आएको छ । फ्रान्समा निर्माण भएको एअरबस कम्पनीका विमान सञ्चालनमा भए पनि इयुले नेपाली विमान कम्पनीमाथि लगाएको प्रतिबन्ध नौ वर्षदेखि कायम छ ।

टिप्पणीहरू