हुम्लामा पनि हतियार मागियो

हुम्लामा पनि हतियार मागियो

जिल्ला प्रशासन कार्यालय,हुम्लाले सर्वसाधारणलाई इजाजत प्राप्त गरेर घरमा राखेको भनिएका हतियार बुझाउन आदेश दिएको छ । आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेश सभाको निर्वाचनको सुरक्षालाई लक्षित गरेर हतियार बुझाउन सूचना जारी गरिएको बताइएको छ ।

‘आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित किसिमले सम्पन्न गर्न कसैसँग हतियार भए बुझाउन आवश्यक देखिएको,’ जिल्ला प्रशासनको सूचनामा भनिएको छ । निर्वाचन पश्चात् सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिने त्यस्ता इजाजतप्राप्त हतियार हाललाई प्रहरीलाई बुझाउन सार्वजनिक रुपमा सूचना जारी गरिएको हो ।

टिप्पणीहरू