राजेन्द्र महतो आफ्नै निर्वाचन क्षेत्रमा असुरक्षित

राजेन्द्र महतो आफ्नै निर्वाचन क्षेत्रमा असुरक्षित

आगामी निर्वाचनको निम्ति नेताहरुले सुरक्षित निर्वाचन क्षेत्र खोज्न थालेका छन् । कतिपयले पूर्ववत क्षेत्रलाई नै सुरक्षित ठानेका छन् भने केहीले नयाँ निर्वाचन क्षेत्रको खोजी गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पनि घुमिफिरी पुरानै निर्वाचन क्षेत्र रोजेको बताएका छन् । उनी यसअघि धनुषा क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । त्यतिबेला उनले काँग्रेस नेता विमलेन्द्र निधिलाई पराजित गरेका हुन् ।

यसपटक महतोले धनुषा ३ को सट्टा पुरानो सर्लाही–२ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । धनुषा ३ बाट एमाले नेतृ जुली महतोले निर्वाचनको तयारी थालिसकेकी छन् । उनी एमाले सचिव रघुवीर महासेठकी श्रीमती तथा धनाढ्य उपेन्द्र महतोकी बहिनी हुन् ।

टिप्पणीहरू