प्रधानमन्त्रीसङ्ग दुई मन्त्रीको पालैपालो खासखुस

प्रधानमन्त्रीसङ्ग दुई मन्त्रीको पालैपालो खासखुस

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो दुई जना मन्त्री पालैपालो छिरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग छुट्टै भेटवार्ताको लागि ती मन्त्री बालुवाटार पुगेको बताइन्छ ।

पहिले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बिहान त्यहाँ जानुभएको थियो । उहाँले बिहान पौने ११ बजेदेखि आधा घण्टासम्म प्रधानमन्त्री देउवासँग गोप्यवार्ता गर्नुभयो ।

त्यसपछि दिउँसो युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज बालुवाटार पुग्नुभयो । मन्त्री गहतराजले पनि दिउँसो २ बजेदेखि आधा घण्टा प्रधानमन्त्रीसँग भलाकुसारी गर्नुभएको खेलकुद मन्त्रालय स्रोतले पुष्टि गरेको छ ।

टिप्पणीहरू