आज चीनको राष्ट्रिय दिवस, बेइजिङमा भव्य झण्डोत्तोलन

आज चीनको राष्ट्रिय दिवस, बेइजिङमा भव्य झण्डोत्तोलन

चीनले आज ७३ औं राष्ट्रिय दिवस मनाउँदैछ । सोही अवसरमा राजधानी बेइजिङको थिआनमन् स्क्वायरमा बिहान सूर्योदयसँगै झण्डोत्तोलन कार्यक्रम सम्पन्न गरेको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार आज सबै प्रान्तीय राजधानीमा समेत झण्डोत्तोलन कार्यक्रम भएको छ । यस अवसरमा स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

सन् १९४९ अक्टोबर १ का दिन चीनको राजधानी बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङको नेतृत्वमा जनगणतन्त्र चीन घोषणा गरिएको अवसर पारेर राष्ट्रिय दिवस मनाउने गरिएको छ ।

फोटो : सिन्ह्वा

टिप्पणीहरू