हिंसात्मक आन्दोलनमा विदेशी घुसपैठ, ९ युरोपेली पक्राउ परेको इरानको दाबी

हिंसात्मक आन्दोलनमा विदेशी घुसपैठ, ९ युरोपेली पक्राउ परेको इरानको दाबी

इरानमा भएको हालैको हिंसात्मक आन्दोलनमा नौ युरोपेली नागरिक पक्राउ परेका छन् । प्रहरी हिरासतमा एक युवतीको मृत्युपछि भड्किएको आन्दोलनमा तीनलाई नियन्त्रणमा लिइएको इरान प्रहरीले बताएको छ ।

इरानी गुप्तचर एजेन्सीका अधिकारीहरूले पक्राउ परेकाहरु अन्तर्राष्ट्रिय जासुस संगठनका एजेन्ट भएको आशंका गरेका छन् ।

२२ वर्षकी कुर्दिश युवती महसा अमिनीको प्रहरी हिरासतमा मृत्युपछि राजधानी तेहरानमा चर्केको विरोध प्रदर्शन देशव्यापी भएको हो । महसालाई प्रहरीले हिजाबसम्बन्धी नियम पालना नगरेको आरोपमा तेहरानमा पक्राउ गरेको र हिरासतमा उनको मृत्यु भएको आरोप लगाइएको छ ।

पक्राउ परेका युरोपेलीहरुमा पोल्याण्ड, स्वीडेन, जर्मनी, इटाली, फ्रान्स र नेदरल्याण्ड्सका नागरिक रहेको इरानको गुप्तचर मन्त्रालयले जनाएको छ । इरानको पछिल्लो प्रदर्शनमा ७६ जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

फोटो : राेयटर्स

टिप्पणीहरू