सन्दिप लामिछाने सडकमार्ग भएर नेपाल छिरे कसले देख्ने ?

सन्दिप लामिछाने सडकमार्ग भएर नेपाल छिरे कसले देख्ने ?

नेपालमा विदेशी नागरिकको अवैध बसाईका सम्बन्धमा बहस हुने गर्छ । भिसा अवधि सकिएपछि पनि विदेशी नागरिकहरु यहीँ बसेर विभिन्न गैरकानुनी गतिविधिमा संलग्न रहेका घटनाहरु पनि सार्वजनिक भैरहेका हुन्छन् । पर्यटक भिसामा आएर यहाँ व्यवसाय गर्ने, लागुऔषध कारोबारमा संलग्न हुने,अन्य गैरकानुनी धन्दा गर्ने विदेशी नागरिकहरुको संख्या ठूलो छ,भनिन्छ । सुरक्षा संवेदनशीलताका दृष्टिले यो सानो चिन्ता विषय होइन ।

त्यस्तै चिन्ताको विषय हो,नेपालीहरुको नेपालमै अवैध बसाई । नेपाल-भारत खुला सीमानाका कारण सृजित यो समस्या यहाँ हुने आर्थिक,राजनीतिक गतिविधि र सिंगो सुरक्षाका लागि चुनौती बनिरहेको छ । खासगरी ठूला उध्योगी-व्यापारी, हुण्डीका कारोबारी, अपाराधिक गतिविधिमा संलग्न व्यक्तिहरु अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश जाने तर, फर्किंदा भारत हुँदै स्थलमार्ग भएर आउने हुँदा सरकारसंग उनीहरु फर्केको रेकर्ड नहुने भएकाले यस्तो समस्या देखिएको हो ।

विदेशी नागरिकको हकमा विमानस्थलको अध्यागमन पार गरेर गैसकेपछि फर्किंदा जुनसुकै मार्ग प्रयोग गरेपनि उसको इमिग्रेसन दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । जस्तो, कुनै विदेशी पर्यटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ‘एक्जिट’ भई पुन: वीरगन्ज वा अरु कुनै नाकाबाट ‘इन’ भयो भने बोर्डरमै उसको इमिग्रेसन दर्ता हुन्छ । कुनै कारणवश उसको इमिग्रेसन दर्ता भएन भने नेपाल रहँदासम्म ऊ जुनसुकै चेकिङ पोइन्टमा समातिन सक्छ । त्यस्ता विदेशीहरुलाई प्रहरीले पक्राउ गर्दै आएको पनि छ ।

तर,नेपाली नागरिकका हकमा त्यसो व्यवस्था छैन । काठमाडौँबाट विदेश उड्दा बकाइदा पासपोर्टमा छाप हानेर गएको व्यक्ति दिल्ली हुँदै स्थलमार्ग प्रयोग गरी नेपाल फर्किंदा त्यहाँ इमिग्रेसन दर्ता हुँदैन । जसका कारण ईमिग्रेसनको रेकर्डमा हेर्दा विदेशमा देखिने व्यक्ति यथार्थमा भने नेपालमै रहेको हुन्छ । त्यतिमात्र होइन, त्यहि व्यक्ति फेरि इमिग्रेसनको छाप लगाएर अर्को देश उड्न समेत रोकिँदैन। रेकर्डमा भने ‘एक्जिट’ छ, ‘इन’ छैन ।

सन्दिप लामिछानेको केशमा नेपाल प्रहरीले इन्टरपोलमा नोटिस जारी गरेको छ । तर,नोटिस जारी गर्नुअगावै उनी भारत हुँदै स्थलमार्गबाट नेपाल आइसकेको भए खोजी कसरी गर्छ प्रहरीले ?”

ओपन बोर्डरका कारण उत्पन्न यो समस्या ज्यादै संवेदनशील छ । नेपाल प्रहरीका अधिकारीहरु भारतसँगको खुला सिमानाका कारण वर्षौँदेखि यस खालको समस्या रहँदै आएको बताउँछन् । यद्यपि शंकाको घेरामा रहेका, ठूला व्यापारी, राजनीतिज्ञलगायत बिभिन्न व्यक्तिलाई भने प्रहरीले हमेसा नोटिसमा राख्ने गरेकाले उनीहरु जुनसुकै मार्ग हुँदै आवतजावत गरे फरक नपर्ने प्रहरी अधिकारीहरुको दावी छ । विदेशमा रहेका तर, नेपालमा प्रहरीको खोजी अथवा राज्यको निगरानीमा रहेका व्यक्तिहरुलाई जुनसुकै मार्गबाट फर्किए पनि ठाउँको ठाउँ नियन्त्रणमा लिने गरी प्रहरीले उसको विवरण राख्ने गरेको बताइन्छ ।

उदाहरणका लागि अहिले चर्चामा रहेको सन्दीप लामिछानेको केशमा नेपाल प्रहरीले इन्टरपोलमा नोटिस जारी गरेको छ । तर,नोटिस जारी गर्नुअगावै उनी भारत हुँदै स्थलमार्गबाट नेपाल आइसकेको भए उनको खोजी कसरी गर्छ प्रहरीले ? प्रहरीका अनुसार पक्राउ पुर्जी जारी भैसकेको अवस्थामा भियुक्त पत्ता लगाउन प्रहरीले ‘टेक्निकल ट्रयाक’ गरिरहेको हुन्छ । मानौँ, सन्दीप थाहा नपाउने गरी नेपाल छिरे भने प्रहरीले विभिन्न उपायद्वारा उनको लोकेशन ट्रयाक गर्छ । र उनी नेपालमा भए,नभएको पत्ता लगाउँछ। तर, आरोपितले मोबाइल प्रयोग नगरेको अवस्थामा भने ट्रयाक गर्न सकिँदैन ।

प्रहरीले भनेजस्तै चर्चित पात्र,प्रहरीको खोजीमा रहेको अभियुक्त वा अन्य कुनै घटना विशेषका सन्दर्भमा त यो ठीकै होला । तर, आम व्यक्ति जो अध्यागमनको छाप लगाएर विदेश गई भारतको बाटोबाट फर्किन्छ भने सरकारको आधिकारिक तथ्यांकमा त ऊ विदेशमै हुन्छ । कागजमा विदेशमा देखिने तर, वास्तविकरुपमा ऊ नेपाल फर्किएर निस्फिक्री घुमिरहेको हुन्छ भने राज्यका लागि यो चुनौतिको विषय हो कि होइन ? रेकर्डमा विदेशमा रहेको देखिने ती व्यक्तिहरुले यहाँ कुनै आपराधिक काम गरे के गर्ने ? अनि उनीहरुले गर्ने आर्थिक,राजनीतिक गतिविधि वैध हुन्छ कि हुँदैन ?

श्रीमती हत्याका आरोपी प्रहरीका पूर्वडिआइजी रन्जन कोइरालाको सन्दर्भमा पनि त्यतिबेला यस्तै चर्चा थियो । स्टाफ कलेज कोर्षका लागि चीन गएका उनी फर्किंदा अफिसियल पासपोर्ट इमिग्रेसनमा दर्ता नगरेको भनिएको थियो । यदि उनी पक्राउ नपरेको भए रेकर्डमा त चीनमै रहेको देखिन्थ्यो । तर,प्रहरीका एक उच्च अधिकारीले भने रन्जनले ईमिग्रेसन छाप नलगाई नेपाल आएको भन्ने त्यतिबेलाको चर्चामा सत्यता नभएको बताए ।

टिप्पणीहरू