महिलाहरुलाई अगाडि राखेर माधवले भन्नुभयो, ‘पदले गर्दा पार्टी बिग्रियो’

महिलाहरुलाई अगाडि राखेर माधवले भन्नुभयो, ‘पदले गर्दा पार्टी बिग्रियो’

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पद प्राप्तिकै लागि राजनीतिमा लाग्ने प्रवृति झन् बढेर गएको बताउनुभएको छ । पछिल्लो समय पार्टीका नेता-कार्यकर्ता धमाधम एमालेमै फर्किन थालेपछि उहाँको यस्तो भनाई आएको हो ।

पार्टी संवद्ध अखिल नेपाल महिला संघ (समाजवादी) ले आयोजना गरेको दशैँ विशेष कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले पद नपाउने बित्तिक्कै छोडेर हिँड्ने प्रवृत्ति मौलाएको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो । आफूले पटक–पटक अवसर पाउँदा ठीक ठान्ने तर अरुका लागि छोड्नुपर्दा अनुहार अँध्यारो हुने र अर्कोतिर हाम्फाल्ने गरेको भन्दै उहाँले राजनीतिमा नैतिकता र इमान्दारिता हुनुपर्ने बताउनुभयो ।

नयाँ बानेश्वरस्थित काठमाडौं व्याङ्केटमा आयोजित दशैँ,तिहारको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न तहका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितिका बीच अध्यक्ष नेपाल पार्टीको पछिल्लो अवस्थाप्रति चिन्तित हुनुभएको हो । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा सम्मानित नेता झलनाथ खनाल,महिला संघकी अध्यक्ष तथा पार्टी उपाध्यक्ष जयन्ती राई, उपमहासचिव विजय पौडेल,युवासंघ अध्यक्ष नरेश शाहीलगायत उपस्थित थिए ।

टिप्पणीहरू