६३ जनामा कोरोना संक्रमण, दोब्बर निको

६३ जनामा कोरोना संक्रमण, दोब्बर निको

पछिल्लो २४ घण्टामा मुलुकभर ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २५ सय ३५ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४१ जनामा गरिएको पीसीआर परीक्षणमा ३० जना र १५ सय ९४ जनामा गरिएको एन्टीजेन परीक्षणमा ३३ जनामा कोरोना पुष्टि भएको बताइन्छ । सो अवधिमा १०३ जना कोरोनामुक्त भएका छन् ।

आज थपिएकासँगै मुलुकभर एक हजार चार जना सक्रिय संक्रमित छन् ।

टिप्पणीहरू