काबुलमा आत्मघाती विस्फोट, डेढ दर्जन विद्यार्थीको मृत्यु

काबुलमा आत्मघाती विस्फोट, डेढ दर्जन विद्यार्थीको मृत्यु

अफगानिस्तानको विद्यालयमा भएको आत्मघाती बम विस्फोटमा १९ जना विद्यार्थी मारिएका छन् । राजधानी काबुलस्थित एक विद्यालयमा भएको विस्फोटमा उनीहरुको मृत्यु भएको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार दस्त ए बारतीमा रहेको काज एजुकेशन सेन्टरमा भएको विस्फोटमा २७ जनाभन्दा बढी विद्यार्थी घाइते भएका छन् ।

‘विद्यार्थीहरू परीक्षाको तयारी गरिरहेको समयमा आत्मघाती बम हमला भयो । दुर्भाग्यवश, १९ जना मारिएका छन् । अन्य २७ जना घाइते भएका छन्,’ काबुल प्रहरीले भनेको छ ।

हालसम्म आक्रमणको जिम्मा कुनै समूह वा व्यक्तिले नलिएको प्रहरीले बताएको छ । एक साताअघि काबुलमा भएको यस्तै विस्फोटमा सात जनाको ज्यान गएको थियो भने ४१ जना घाइते भएका थिए ।

टिप्पणीहरू