जनप्रतिनिधिको आदेशविरुद्ध अभियन्ताहरु सडकमा

जनप्रतिनिधिको आदेशविरुद्ध अभियन्ताहरु सडकमा

काठमाडौं महानगरपालिका २५ वडा कार्यालयले बाङ्गेमुढास्थित थायमदु त्वाःछेँ भवन २४ घण्टाभित्र खालि गर्न सूचना जारी गरेकोप्रति नेवा: राजनीतिक अभियन्ताहरुले आपत्ति जनाएका छन् । स्थानीयको संस्कार, संस्कृति र समाजिक परम्परासँग जोडिएको भवन खालि गर्न वडाका प्रतिनिधिहरुले एकाएक निर्देशन दिएको भन्दै स्थानीयसँगै अभियन्ताहरुले आजदेखि आन्दोलनसमेत शुरु गरेका छन् ।

काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने नाममा ऐतिहासिक भवन हटाउन हुकुमी शैलीमा निर्देशन दिएको स्थानीयको आरोप छ । त्यसविरुद्ध उनीहरुले आज बाङ्गेमुढा चोकमा टायर बालेर बिरोध प्रदर्शन गरे । उक्त बिरोध प्रदर्शनको नेतृत्व त्वाछे समिति गुठीका अध्यक्ष रमेश श्रेष्ठले गरेका थिए । प्रदर्शनमा ४५ जना स्थानीयको सहभागिता थियाे ।

भवनको स्वामित्त्वको विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले वडा कार्यालयलाई अहिले खालि गराउने अधिकार नभएको स्थानीय तथा सरोकारवालाहरुको भनाई छ । वडा कार्यालयले उक्त भवन आफ्नो दावी गर्दै आएको छ भने स्थानीयले पनि भवनको स्वामित्व समुदायमा रहनुपर्ने बताइरहेका छन् ।

टिप्पणीहरू