बोतलले हानेर छोरा मारेका बाबु तीन दिनपछि पक्राउ

बोतलले हानेर छोरा मारेका बाबु तीन दिनपछि पक्राउ

छोराको हत्यापछि फरार एक जना आरोपी आज पक्राउ परेका छन् । बर्दियाको बारबर्दिया नगरपालिका–११, विजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारुलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाबाट खटिएको टोलीले केहीबेर अघि गुलरिया नगरपालिका–११ इन्द्रपुरस्थित गाउँबाट उनलाई पक्रेको हो ।

अस्ति लौरंगलालले २० वर्षका छोरा विवेक चौधरीलाई फुटेको बियरको बोतल प्रहार गरेर सख्त घाइते बनाएका थिए । पेटमा फुटेको बोतलले गम्भीर घाइते भएका विवेकको उपचारार्थ अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइन्छ ।

लौरंगलाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बर्दिया प्रहरीले बताएको छ ।

टिप्पणीहरू