दुई अध्यक्षबीचको त्यो दोहोरी

दुई अध्यक्षबीचको त्यो दोहोरी

भेटघाटका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्षले बोलाएपछि अर्का अध्यक्ष मंगलबार साँझ बालुवाटार पुग्नुभएको थियो । भेटको शुरुमै प्रधानमन्त्रीले संसदको चालु अधिवेशनबाटै अमेरिकी सहायता परियोजना (एमसीसी) गराउने निश्कर्षमा सरकार पुगेको सुनाउनुभयो । एमसीसी केन्द्रित उक्त भेटवार्ताले स्थायी समिति बैठक असार १० गतेका लागि तय गरेको छ । बैशाखमा दुई पटक बोलाईएको बैठक अन्तिम क्षणमा स्थगित गरिएको थियो ।

भेटवार्ताको शुरुमै ‘पार्टीको बैठक अहिलेलाई छाडिदिउँ’ भन्दै प्रधानमन्त्रीले भनाई राख्नुभएको स्रोतको दाबी छ । एमसीसीको प्रसङ्गमा प्रधानमन्त्रीले ‘अहिलेको गञ्जागोल माहौलको कारक तपाईं नै हो’ भन्दै ‘संसदमा विचाराधीन एमसीसी प्रस्तावमा पार्टीले हस्तक्षेप नगर्न  र संसदबाट निर्णय गराउने क्रममा कुनैपनि किसिमको अवरोध नपुर्याउन’ आग्रह गर्नुभएको स्रोतले बताएको छ ।

प्रधानमन्त्रीको धारणा सुनेपछि प्रचण्डले ‘पार्टीले आधिकारिक निर्णय नगरी एमसीसी पारित गर्न उचित नहोला’  भन्दै ‘निर्णयबमोजिम अघि बढ्न सुझाउनुभएको’ बताइन्छ  । वहाँले एमसीसी पारित गर्ने वा नगर्ने भन्ने विषय आफ्नो व्यक्तिगत धारणासँग जोडिएको विषय मात्र नभएको बताउँदै सचिवालयमा अरु कमरेडहरू पनि रहनुभएको र पार्टीका अन्य महत्वपूर्ण संरचनाहरूमा समेत घनिभूत छलफल गरेर अघि बढ्न सुझाव दिनुभएको बुझिएको छ ।

टिप्पणीहरू