राजनीति एमाले र काँग्रेस केन्द्रित भएको एमाले उपाध्यक्षको दाबी

राजनीति एमाले र काँग्रेस केन्द्रित भएको एमाले उपाध्यक्षको दाबी

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकार र सामेल दलहरुले राज्यका महत्वपूर्ण अंग र निकायलाई कमजोर बनाएको आरोप लगाउनुभएको छ । उहाँले न्यायपालिका, कार्यपालिका र अन्य महत्वपूर्ण निकायलाई हलचल गर्न नसक्ने अवस्थामा पुर्याएको ठहर गर्नुभएको छ ।

उपाध्यक्ष पोखरेलले दसैं, तिहार, छठ, नेपाल सम्बत्लगायत चाडपर्वका अवसरमा आज राजधानीमा आयोजित चियापान कार्यक्रममा उक्त धारणा राख्नुभएको हो । सोही क्रममा उहाँले मुलुकको राजधानी बिस्तारै दुई धु्रवमा केन्द्रित भएको बताउनुभएको छ ।

‘एक धारको नेतृत्व एमाले र अर्को धारको नेतृत्व नेपाली काँग्रेसले गरेको छ । त्यसमध्ये प्रगतिशील विचारको नेतृत्व एमालेले गरेको छ,’ उहाँले भन्नुभयो । पोखरेलका अनुसार वर्तमान गठबन्धनको नेतृत्व गरेको नेपाली काँग्रेसले फरक धारको नेतृत्व गरेको छ ।

टिप्पणीहरू