नालीमा खसेर हवल्दारपुरका बृद्धको देहान्त

नालीमा खसेर हवल्दारपुरका बृद्धको देहान्त

बाँकेमा नालीमा खसेर एक बृद्धको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१४ हवल्दारपुर सिर्जना टोल बस्ने ६० वर्षीय भिम बहादुर थापाको नालीमा डुबेर निधन भएको हो ।

उनी गएराति आफ्नै घरनजिकै नालीमा खसेर गम्भीर घाइते भएका थिए । तत्काल उद्धार गरि मेडिकल कलेज कोहलपुर पुर्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू