नक्कली नेपाली नोटसहित एक जना समातिए

नक्कली नेपाली नोटसहित एक जना समातिए

सिरहा प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई समातेको छ । गएराति कल्याणपुर नगरपालिका-११ स्थित बजारबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही नगरपालिका-१० का ३९ वर्षीय जिवछ कामती हुन् । उनको साथमा एक हजार दरका पाँच वटा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।

मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू