ललितपुर महानगरले विपन्न बिरामीलाई औषधि खर्च दिने

ललितपुर महानगरले विपन्न बिरामीलाई औषधि खर्च दिने

ललितपुर महानगरपालिकाले विपन्न बिरामीलाई औषधि उपचार खर्च प्रदान गर्ने भएको छ । महानगरपालिकाको गत १३ गतेको निर्णयानुसार विपन्न बिरामीलाई औषधि उपचार खर्च उपलब्ध गराउन लागिएको बताइएको छ ।

‘मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराइराखेका, उपचारमा रहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई औषधि उपचार खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७८’ कार्यान्वयन गर्न लागिएको महानगरको सूचनामा उल्लेख छ ।

महानगरले सेवा लिन ललितपुर महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने त्यस्ता बिरामीले आवश्यक कागजातसहित आ–आफ्नो वडा कार्यालयमा अनुसूची–२ बमोजिमको निवेदन पेश गर्न सूचनामार्फत् जानकारी गराएको छ ।

सामाजिक सुरक्षा नीतिअन्तर्गत सामाजिक सुरक्षा भत्ता लिएका, बहालवाला कर्मचारीलगायतले यो सुविधा नपाउने स्पष्ट पारिएको छ ।

टिप्पणीहरू