सीट टुंगो लगाइयो : माओवादी,होइन : एकीकृत समाजवादी र जनता समाजवादी

सीट टुंगो लगाइयो : माओवादी,होइन : एकीकृत समाजवादी र जनता समाजवादी

सत्तारुढ गठबन्धन दलको निरन्तरको बैठकमा हिजो दिउँसो सीट बाँडफाँड टुंगो लागेको बताइएको छ । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिहरुले त्यसबारे मुख खोलेका छैनन् । नेकपा माओवादी केन्द्रले भने हिजो दिउँसोको बैठकमा मोटामोटी सीट बाँडफाँडको काम सकिएको जानकारी दिएको छ ।

गठबन्धन दलका शीर्ष नेताहरुको हिजोको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि निर्वाचन क्षेत्रको बाँडफाँड टुंगो लागेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । जसअनुसार नेपाली कांग्रेसले ८४ सीट,माओवादीले ४४ सीट र नेकपा एकीकृत समाजवादीले १६ सीट पाउने मोटामोटी सहमति भएको स्रोतको दाबी छ ।

तर एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाललाई उद्धृत गर्दै स्रोतले भनेको छ, ‘१६ सीटमा चित्त बुझाएका छैनौं ।’

उता,जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले धनुषाको यदुकुहामा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सत्तारूढ गठबन्धनभित्र सीट बाँडफाँड टुंगो नलागेको जानकारी दिनुभएको छ ।

टिप्पणीहरू