सशस्त्र र एसएसबी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन सहमत

सशस्त्र र एसएसबी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन सहमत

सशस्त्र प्रहरी बल,नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच छैठौं समन्वयात्मक बैठक सम्पन्न भएको छ । बैठक अस्तिबाट सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा शुरु भएको थियो । आज दुवै पक्षबीच आपसी सहकार्यसम्बन्न्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।बैठकमा सशस्त्रको तर्फबाट महानिरीक्षक राजु अर्याल तथा एसएसबीको तर्फबाट महानिर्देशक सुजयलाल थाओसेनले नेतृत्व गरेका थिए । बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने,सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन दुई सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदनप्रदान गर्ने सहमति भएको बताइएको छ ।

साथै हेल्प डेस्क स्थापना कार्यलाई निरन्तरता दिँदै सीमा क्षेत्रमा प्रभावकारी कार्य गर्ने सहमति भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू