कोरोना संक्रमितभन्दा निको हुने धेरै

कोरोना संक्रमितभन्दा निको हुने धेरै

पछिल्लो २४ घण्टामा देशभर ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २६ सय ७८ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१३ सय सात जनामा गरिएको पीसीआर परीक्षणमा २५ जना र १३ सय ७१ जनामा गरिएको एन्टीजेन परीक्षणमा २० जनामा कोरोना देखिएको हो । सो अवधिमा ७० जना कोरोनामुक्त भएका छन् ।

आज थपिएसँगै देशभर एक हजार ७७ जना कोरोना सक्रिय संक्रमित छन् ।

टिप्पणीहरू