‘फ्लोर क्रस’ गरेर मन्त्री बनेका नन्दसिंहले एकीकृत समाजवादी क्रस गरे

‘फ्लोर क्रस’ गरेर मन्त्री बनेका नन्दसिंहले एकीकृत समाजवादी क्रस गरे

नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला अध्यक्ष नन्दसिंह बुढा एमालेमा फर्किएका छन् । आज एमाले महासचिव शकंर पोखरेलले उनलाई पुन पार्टीमा स्वागत गरेका हुन् ।

’फ्लोर क्रस’ गरेर कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका उनले आफू पुरानै घरमा फर्किएको बताएका छन् । यसअघि डोल्पामा समाजवादीका अधिकांश नेतालाई एमाले बनेको आरोप लागेको थियो ।

पछिल्लो समय जिल्लामा हरेक पार्टीका गतिविधिमा बुढाले एकलौटी गरेको भन्दै अर्का नेता हंसबहादुर शाही रुष्ट देखिएका थिए ।
एमालेका अनुसार एकीकृत समाजवादीको डोल्पा जिल्ला कमिटीका सदस्य, प्रदेश कमिटीका सदस्य र नगर तथा गाउँपालिका कमिटीका पाँच दर्जन कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालयमा खादा र अबिर लगाएर पार्टी प्रवेश गरेका हुन् ।

उनीहरुलाई पार्टीमा स्वागत गर्दै महासचिव शंकर पोखरेलले गत स्थानीय तहको निर्वाचनले नेपालको मुख्य पार्टी कुन हो भन्ने कुराको निक्र्यौल गरिदिएको बताएका छन् ।

टिप्पणीहरू