लमजुङमा खसीबोकाको मूल्य तोकियो

लमजुङमा खसीबोकाको मूल्य तोकियो

लमजुङको एउटा नगरपालिकाले चाडपर्वलाई लक्षित गरी खसीबोकाको मासुको निश्चित मूल्य तोकेको छ । चाडपर्वको समयमा व्यापारीहरूले आफूखुशी मूल्य तोक्ने गरेकाले राइनास नगरपालिकाले एकरुपता ल्याउन जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो छ सय रुपैयाँ निर्धारण गरेको हो ।

नगरपालिकाले कृषि तथा पशुजन्य उपजको उत्पादनमा आधारित नगद अनुदान कार्यविधि २०७९ अनुसार मूल्य निर्धारण समितिबाट खसीबोकाको मासुको मूल्य तोकेको बताएको छ ।

हिजोदेखि नगरपालिकाको १ र ८ नम्बर वडाको भेटघाट चोकमा हाटबजार लागेको छ । यसैगरी वडा नम्बर ६ र ४ मा भोलि र पर्सि हाटबजार सञ्चालन हुने बताइएको छ ।

टिप्पणीहरू