अधिकांश नेता बालुवाटारबाट बाहिरिए

अधिकांश नेता बालुवाटारबाट बाहिरिए

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सहभागी अधिकांश नेताहरु भर्खरै बाहिरिएका छन् । आज दिउँसो १ बजेदेखि भएको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएपछि उनीहरु बालुवाटारबाट निस्केका हुन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको उपस्थिति थियो ।

त्यसैगरी नेपाली काँग्रेसको तर्फबाट नेताहरु कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगनकुमार थापा तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नेताहरु वर्षमान पुन, शक्ति बस्नेतलगायत पनि बैठकमा सहभागी रहेको बताइन् छ ।

आजको बैठक पनि आगामी निर्वाचनको सीट भागबण्डामै केन्द्रित रहेको बताइएको छ । तर सहमति अझै हुन सकेको छैन ।

टिप्पणीहरू