होटल र दोहोरीमा पेशागत संकटको हमला

होटल र दोहोरीमा पेशागत संकटको हमला

ठुल्ठूला सपिङ्ग मल खुलेर के गर्नु, सुनको भाउ तोलाकै नब्बे हजार कटेपछि सुनचाँदी पसल बन्द हुने अवस्था आएको छ भने न्यूरोड, रणमुक्तेश्वर क्षेत्रमा रहेको सबैभन्दा सस्तो सटर भाडा लाग्ने आरबी कम्प्लेक्ससमेत धमाधम बन्द हुँदै गएको छ ।

नेपाल च्याम्बर अफ कमर्शका प्रतिनिधि सन्तोष पाण्डेका अनुसार, वैदेशिक रोजगारीमा जानका निम्ति देशका विभिन्न भागबाट काठमाडौं आई बसोबास गरिने निम्नस्तरका होटल तथा गेष्ट हाउसहरु मारमा पर्न थालिसकेका छन् ।

विशेषतः गोंगबु बसपार्कका ८० प्रतिशत होटल यस्तो स्थितिमा पुगेका छन् । एउटै घरमा तीनवटा गेष्ट हाउस र पाँचवटासम्म दोहोरी चल्थे, त्यहाँ । ती चल्ने भनेको विदेश जान काठमाडौं आएका र विदेशबाट घर जान काठमाडौं उत्रिएर बसपार्कमा केही दिन रमाइलो गर्न बस्नेहरुका कारण हो । तर, अब यो क्रम ठप्प छ । कोरोनाबाट पूर्णतः उन्मुक्ति मिलेछ भने पनि यो व्यवसाय तंग्रिन अर्को डेढ–दुई वर्ष लाग्छ ।

त्यसैले ती गेष्ट हाउस र दोहोरीले एउटा कुनामा सामान पोको पारेर घर खालि गरिदिएका छन् । तर, यसो गर्दा पनि घरधनी र भाडामा व्यवसाय चलाउनेबीच समस्या आउन थालेको छ ।

कतिपय घरधनीहरु घर भाडामा लिएर गेष्ट हाउस चलाउने मानिसको खोजी गर्न प्रहरीकहाँ पुगेका छन् । प्रहरीले भाडामा घर लिएर व्यवसाय सञ्चालन गरेका ती मानिससँग सम्पर्क गर्छ । जवाफ पाउँछ, ‘तीन महिनाको भाडा तिर्न सक्दिनँ । एक महिनाको पैसा तिरेर कोठा खालि गरिदिन्छु भन्दा घरबेटीले मान्दैनन् । अनि, हामी किन उसको सम्पर्कमा आउने ?’

यससँगै, त्यसक्षेत्रका विभिन्न सटरहरु पनि खालि गर्न थालिएका छन् । ठुल्ठूला सपिङ्ग मल खुलेर के गर्नु, सुनको भाउ तोलाकै नब्बे हजार कटेपछि सुनचाँदी पसल बन्द हुने अवस्था आएको छ भने न्यूरोड, रणमुक्तेश्वर क्षेत्रमा रहेको सबैभन्दा सस्तो सटर भाडा लाग्ने आरबी कम्प्लेक्ससमेत धमाधम बन्द हुँदै गएको छ ।

टिप्पणीहरू