कोटेश्वर र सिनामंगलमा चंगा निषेध, उडाए कडा कारबाही

कोटेश्वर र सिनामंगलमा चंगा निषेध, उडाए कडा कारबाही

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चंगा नउडाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सर्वसाधारणलाई आग्रह गरेको छ । सो क्षेत्रमा चंगा उडाउनेलाई कारबाही गरिने बताइएको छ । क्यानले विमानस्थल वरपर चंगा उडाउँदा हवाई उडानमा खतरा हुने उल्लेख गर्दै त्यस्तो नगर्न सर्वसाधारणलाई आग्रह गरेको बताइन्छ ।

‘जहाज उडान तथा अवतरणको समयमा विमानस्थल आसपासको क्षेत्रमा चंगा उडाउँदा हवाई उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने भएको हुँदा यस किसिमका गतिविधि एवम् क्रियाकलाप नगर्न÷नगराउन सम्बन्धित सबैमा अनुरोध छ,’ प्राधिकरणको सूचनामा उल्लेख छ ।

उक्त अनुरोधको अवज्ञा गरेर चंगा उडाएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने प्राधिकरणको चेतावनी छ । दशैंको शुरुआतसँगै चंगा उडाउने क्रम अन्यत्र झैँ राजधानीमा पनि बढेको छ ।

टिप्पणीहरू