आर्थिक पत्रकारहरु पुरस्कृत कार्यक्रममा डेपुटी गभर्नरले भने : अर्थतन्त्र ठीकै छ

आर्थिक पत्रकारहरु पुरस्कृत कार्यक्रममा डेपुटी गभर्नरले भने : अर्थतन्त्र ठीकै छ

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले तीन जना आर्थिक पत्रकारलाई पुरस्कृत गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा आज साँझ शारदा–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार एक जनालाई र सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार दुई जनालाई प्रदान गरिएको छ ।

आर्थिक पत्रकारितामा हालसम्मकै सबैभन्दा ठूलो एक लाख रुपैयाँ धनराशीको ‘शारदा– ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ बाट बिजमाण्डु डटकमका खेमराज श्रेष्ठ पुरष्कृत भएका छन् । ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार (५० हजार राशी)’ बाट बाह्रखरी डटकमका विजय पराजुली (हाल अनलाइनखबर) र टक्सार म्यागेजिनका अनुप आचार्य पुरष्कृत भएका हुन् ।

संघले आफ्नो वार्षिक जर्नल पनि विमोचन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आफ्नो वार्षिक जर्नल ‘अर्थचित्र’ विमोचन गराइएको हो ।

नाफिजले सार्जजनिक गरेको जर्नलको मूलभाव आत्मनिर्भर अर्थतन्त्र रहेको र आत्मनिर्भर अर्थतन्त्रका लागि गर्न बाँकी धेरै रहेको मिश्रको भनाइ थियो ।

मिश्रभन्छन्, ‘व्यापार घाटामा ठूलो खाडल छ, मुलुक आत्मनिर्भर हुनसक्ने वस्तुमा हामीले ध्यान दिनुपर्छ । तर आत्मनिर्भरको नाममा अर्थतन्त्र बिगार्न भने हुँदैन । विश्वमा चलेको हावाको विपरित जान कोही पनि सक्दैन ।’

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नाफिजसँग जोडिएर आर्थिक पत्रकारलाई थप दुई पुरस्कार दिने घोषणा समेत गरेका छन् । मल्लले घोषणा गरेको दुई पुरस्कारको धनराशी पनि ५०÷५० हजार रुपैयाँको हुने जानकारी दिइएको छ ।

टिप्पणीहरू