क्रसरको टिपर चोरेर भाग्दाभादै प्रहरीको फन्दामा

क्रसरको टिपर चोरेर भाग्दाभादै प्रहरीको फन्दामा

कास्की प्रहरीले जेके क्रसर उद्योगको टिपर चोरी गरेको आरोपमा एक युवकलाई नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका -१९ बोरीचोक बस्ने २० वर्षीय मनिष परियार आज चोरीको आरोपमा पक्राउ परेका हुन् ।

उनले हेम्जास्थित क्रसर उद्योगको ग.१ क ५१५५ नम्बरको टिपर चोरी गरेको प्रहरीले जनाएको छ ।टिपर चोरेर भाग्दै गरेको अवस्थामा बगरबाट खटिएको प्रहरीले सिमपानीमा उनलाई समातेको हो ।

टिप्पणीहरू