टेलिभिजनको कार्यालयमा भोको पेटको दोस्रो धर्ना

टेलिभिजनको कार्यालयमा भोको पेटको दोस्रो धर्ना

नेपाल पत्रकार महासंघले इमेज टेलिभिजनको कार्यालयमा धर्ना दिएको छ । प्रतिष्ठान शाखाको अगुवाईमा आज इमेज कार्यालय, लाजिम्पाटमा एक घण्टा धर्ना दिइएको हो ।

टेलिभिजनमा कार्यरत पत्रकारको हकहितका निम्ति पटकपटक उठाउँदै आएको माग सम्बोधन गर्ने सवालमा व्यवस्थापन पक्षले उदासिनता देखाएपछि आन्दोलन गर्नुपरेको महासंघले बताएको छ ।

टेलिभिजनको व्यवस्थापन पक्षसंग वार्ताको प्रयासका बाबजुद सहमति नजुटेपछि संघर्षमा उत्रिन बाध्य भएको महासंघको भनाइ छ ।

सो क्रममा धर्नाकारी पत्रकारहरुले ‘कोभिडको बहानामा श्रमजीवी पत्रकार निकाल्ने कार्य बन्द गर’, ‘बाध्यतात्मक राजीनामा दिन बाध्य पारिएका श्रमजीवी पत्रकारलाई सम्पूर्ण सेवासुविधा दे’, ‘श्रमजीवी पत्रकारको ऐनअनुसार सेवासुविधा लागू गर’, ‘सामाजिक सुरक्षा कोषका लागि काटिएको रकम तुरुन्त फिर्ता गर’, लगायतको नारा लगाएका थिए ।

महासंघले यसअघि गत भदौ १९ गते इमेज टेलिभिजनमा सांकेतिक धर्ना दिएको थियो ।

टिप्पणीहरू