सुनसरीमा चट्याङ लागेर दुई जना बिते

सुनसरीमा चट्याङ लागेर दुई जना बिते

सुनसरीमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । देवानगञ्ज गाउँपालिका-१ का ४५ वर्षीया रितादेवी यादव र सोही ठाउँ-२ का उदितचन्द्र यादवको चट्याङका कारण मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रितादेवीको भैँसीलाई गोठमा पानी खुवाइरहेका बेला चट्याङ लागेको थियो भने उदितचन्द्रको घरनजिकै खेतमा घाँस काट्ने क्रममा चट्याङ लागेको थियो ।

दुवै जनाको घटनास्थमै मृत्यु भएको प्रहरीले बताइएको छ ।

टिप्पणीहरू