रविन्द्र मिश्र र राजेन्द्र लिङ्गदेन देशको भविष्य : पशुपति समशेर

रविन्द्र मिश्र र राजेन्द्र लिङ्गदेन देशको भविष्य : पशुपति समशेर

राप्रपाका निवर्तनमान अध्यक्ष पशुपतिसमशेर राणाले अब पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र रविन्द्र मिश्रले नयाँ सिराबाट राजनीति गर्ने विश्वास व्यक्त गरेका छन् ।

विवेकशील साझा परित्याग गरेका मिश्रलाई पार्टीमा भित्र्याउन आयोजित एकता घोषणा कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनले देशको भाग्य निर्धारण गर्ने भएकाले एकतावद्ध भएर सदुपयोग गर्न आग्रह पनि गरे ।

उनले भने, ‘हामीहरु अरु पार्टी जस्तै बनेर जानु हुँदैन हामीले देशका लागि प्रष्ट भिजन दिन सक्नु पर्छ ।’ लिङ्देल र मिश्रसँगै ८१ वर्षीय वृद्ध आफू पनि पार्टी जिताउने अभियानमा खटिने राणाले बताए ।

उनले जनमतबाट ठूला पार्टीहरुको व्रह्मलुट अन्त्य गरिने दावीसमेत गरे । ‘हामी सबै मिलेर ठूला पार्टीहरुको व्रह्मलुट अन्त्य गर्नुपर्ने छ,’ उनले भने, ‘यो अति भयो, नेपाली जनताले यस्तो समस्या सहने कुराको अन्त्य हुन आवश्यक छ । यसपालिको चुनाव चानचुने चुनाव होइन, यो मुलुकको भाग्य ठेगान गर्ने चुनाव हो ।’

देशलाई अब राप्रपाले अपार उन्नतीको बाटोमा लैजाने दाबी गर्दै उनले आफूहरु मुलुकको नयाँ बिहानीको लागि अघि सर्ने बताए ।

टिप्पणीहरू