नोकर्नीमाथि आँखा लगाउने थिमीका घरबेटी पक्राउ

नोकर्नीमाथि आँखा लगाउने थिमीका घरबेटी पक्राउ

भक्तपुरमा एक युवती बलाकृत भएकी छन् । घरमा काम गर्न बसेकी १९ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा घरबेटीलाई समातिएको हो ।

बैतडी घर भई हाल मध्यपुर थिमी नगरपालिका-९ बोडे बस्ने ४९ वर्षीय टेकबहादुर चन्दले घरमा काम गर्न राखिएकी ती युवतीलाई करणी गरेको प्रहरी परिसर भक्तपुरका नायब उपरिक्षक राजु पाण्डेले जानकारी दिए ।

चन्दलाई प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरी टोलीले समातेको हो ।

टिप्पणीहरू