बालुवाटारमा फेरि सत्ता गठबन्धनको बैठक

बालुवाटारमा फेरि सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहान ९ बजेदेखि बसेको बैठक सवा १ बजे सकिएको हो ।

बैठकमा नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला,सन्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की,गगनकुमार थापाले उपस्थिति जनाएका थिए ।

त्यस्तै,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,सम्मानित नेता झलनाथ खनाल,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,वर्षमान पुन,शक्ति बस्नेत पनि बैठकमा सामेल भएका थिए ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायतको पनि बैठकमा सहभागिता रहेको थियो ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनबारे छलफल गर्न बैठक बोलाइएको बुझिएको छ ।

टिप्पणीहरू