शीतलनिवासमा दुई नेताको शीतयुद्ध

शीतलनिवासमा दुई नेताको शीतयुद्ध

तपाईं बैठक, छलफल र बहसलाई छल्दै सरकार चलाउन खोज्ने, हामीले साथीहरुलाई कति थामथुम पार्ने ?’ प्रचण्डले अलिक आक्रामक भएर जवाफ दिनुभयो ।

सत्तारुढ नेकपा नेतृत्वमा चलिरहेको खैलाबैला बालुवाटारमा नसुल्झिएपछि अन्यत्र सर्न थालेका छन् ।

समय व्यवस्थापनको कमजोरी या नियतवस,जे भए पनि सोमबार साँझ शीतल निवासमा दुई शीर्ष नेता जम्काभेटमा पर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले केही राजनीतिक विषयमा परामर्श गर्न नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई बोलाउनुभएको थियो । उहाँ बोलाइएकै समयमा पुग्नुभयो, एकछिनमा
प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली पनि पुग्नुभयो ।

राष्ट्रपतिले हालै संसदबाट पारित भएको संशोधित नक्सा संविधानको अनुसूचीमा राख्नका निम्ति भएको मतदानको सन्दर्भमा चर्चा गर्दै अध्यक्षद्वयलाई बधाई भन्नुभयो ।

प्रचण्डले भने त्यही संसदबाट पारित भएको विनियोजन विधेयक (बजेट) बारे  गुनासो राख्नुभयो ।

‘पहिला–पहिला हामी सत्तासाझेदार भन्ने हुन्थ्यो,अहिले त एउटै पार्टी भइसक्यौँ’, प्रचण्डले भन्नुभयो, ‘बजेट यस्तो आउँदैछ, यो–यो विषयलाई यसरी, यति समावेश गरिँदैछ भन्ने कुराहरु त पत्तो नै नपाइने स्थिति रह्यो ।

‘चितवनमा पुग्यो नि ?’’

प्रधानमन्त्री केही जिज्ञासा राख्न खोज्दै हुनुहुन्थ्यो, प्रचण्डले भन्नुभयो, ‘पर्टिकुलर जिल्ला,क्षेत्र,आयोजनाको कुरा भएन । समग्र बजेटको सैद्धान्तिक, कार्यक्रमिक,त्यसको आकारदेखि भाषा र नियतसम्मका कुरामा पार्टीभित्रै साथीहरुले अनेक कुरा उठाउन थाल्नुभएको छ । नभए मलाई पनि पार्टीको मन्त्रीले ल्याएको बजेट हो, त्यसैले समर्थन छ भन्नुपर्ने बाध्यता नहुने थियो होला ।’

प्रधानमन्त्रीले सोध्नुभयो, ‘किन त्यसो भन्नुभएको त ?’

‘त्यति नभनेको भए साथीहरुलाई थेग्न गाह्रो हुने भइसकेको थियो । तपाईं बैठक, छलफल र बहसलाई छल्दै सरकार चलाउन खोज्ने, हामीले साथीहरुलाई कति थामथुम पार्ने ?’ प्रचण्डले अलिक आक्रामक भएर जवाफ दिनुभयो ।

उहाँको गुनासो थियो, ‘एमसिसीबारे कार्यदल बनाइसकेपछि त्यसको सुझावका आधारमा फेरि एकचोटि बैठकमा कुरा गरौँ भनेको हो । पार्टी एकता, राष्ट्रिय हितभन्दा एमसिसी ठूलो होइन भनेर म पटक–पटक भन्दैछु । तपाईंचाहिँ हामी दुईजना बसेर सुल्झाउने कुरामात्रै गर्नुहुन्छ ।’

तपाईं वामदेव मेरै पोल्टामा आए भन्ठान्नुहुन्थ्यो नि, अर्थमन्त्रीहरु सहित बसेको बैठकमा वामदेवजीले के भन्नुभयो ? सुन्नुभएको थियो नि’, प्रचण्डले भन्नुभयो, ‘अहिले तपाईंले विश्वास गर्नुभएका वादल,वामदेवहरु नै एमसिसी राष्ट्रघातको भनेर अभियानमा निस्कने स्थितिमा हुनुहुन्छ ।’

एमसिसीबारे साथीहरुलाई मनाउन सकिने र त्यसका लागि दुई अध्यक्षबीच एकमत निर्माण हुनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । तर,प्रचण्डले त्यस्तो सम्भावना स्वीकार्नु भएन ।

‘यदि हुन्थ्यो भने, तपाईं वामदेव मेरै पोल्टामा आए भन्ठान्नुहुन्थ्यो नि, अर्थमन्त्रीहरु सहित बसेको बैठकमा वामदेवजीले के भन्नुभयो ? सुन्नुभएको थियो नि’, प्रचण्डले भन्नुभयो, ‘अहिले तपाईंले विश्वास गर्नुभएका वादल,वामदेवहरु नै एमसिसी राष्ट्रघातको भनेर अभियानमा निस्कने स्थितिमा हुनुहुन्छ ।’

उहाँले वादलबारे भन्नुभयो, ‘पूर्वमाओवादीका नाममा हामीले बादललाई कतै अंकुश लगाएका छैनौँ. । तपाईं सरकारको प्रधानमन्त्री हो । उहाँ तपाईंको गृहमन्त्री हो । उहाँलाई तपाईंले नेतृत्व दिने,मन्त्रीका रुपमा काम गर्न उहाँले आफ्नो विवेक प्रयोग गर्ने । बस्,बादलबारे हाम्रो नीति यत्ति हो ।’

उहाँले थप्नुभयो, ‘वादललाई तपाईं पूर्वमाओवादी हो,सरकारमा पूर्वमाओवादीको पोजिसनलाई इम्प्लिमेन्ट गर्नुस्,मैले जे भन्छु त्यसमा हिँड्नुस् भनेर आजसम्म मैले भनेको छैन । भन्दिनँ पनि । किनभने, वादलजत्तिको नेतालाई मैले सिकाइरहनुपर्ने,सम्झाइरहनुपर्ने होइन । उहाँ आफैँमा एकजना रणनीतिकार, नेतृत्वकर्ता भएको नाताले अरु पूर्वमाओवादीका मन्त्रीलाई केही भनिएको छ भने पनि वादलको हकमा केही नभनौँ है भनेर हामीले साथीहरुका बीचमा कुरा गरेकै छौँ । यसो भन्दा साथीहरुले (मन्त्री रहेकै साथीहरुले) बादल त अहिले पूरै ओली कित्तामा गइसक्नुभयो भन्ने कुरा ल्याउनुभयो । मैले भनेँ, हुन दिनुस् । पार्टी नै मिलिसक्यो भने वादल र केपी मिल्दा के बिग्रिन्छ र ?’

सडकमा देखिएका असन्तुष्टिवारे पनि त्यहाँ कुरा उठ्यो-प्रधानमन्त्रीले भन्नुभयो-“ए,कति थिए रे,दुई तीन सय जना ? एक लाखसम्म आउन दिनोस् न म सम्झाएर तिनलाई तितरबितर पारिहाल्छु नि ! ”

पछिल्लो समय एमसिसीका बारेमा प्रधानमन्त्रीले बढी नै भर  गर्नुभएका नेताद्वय वामदेव र वादलले स्पष्ट भाषामा त्यसको समर्थन गर्न नसकिने बताइसकेको यो प्रसंग सिध्याएर प्रचण्डले कुरा लैजानुभयो,आफूमाथिको अपमानतिर ।

‘प्रधानमन्त्रीमा आधा–आधा कार्यकालको सहमति भएको हो कि होइन, यो कुरा तपाईंले अरुलाई जे भने पनि तपाईं र मलाई त थाहा छ नि’, प्रचण्डले भन्नुभयो, ‘एउटा प्रधानमन्त्रीको पदसँग पार्टी एकतामा सौदावाजी नगरौँ भन्ने थुुप्रै साथीहरुको धारणा आयो । त्यसपछि मैले पाँचै वर्ष केपी कमरेड प्रधानमन्त्री भनेँ । पार्टी चलाउने अध्यक्षका रुपमा मलाई भूमिका दिने भन्ने कुरा भयो । तर,बैठक बोलाउन नपाइने,बैठक बोलाए पनि त्यसले बैठकको मान्यता नपाउने,निर्णयहरु कार्यान्वयनको कुरा त परैको भयो,सुनुवाईसमेत नहुने स्थिति छ ।’

यस्तो भयानक असन्तुष्टि सुनेपछि प्रधानमन्त्रीले ‘हैन,केही बिग्रिएको छैन । मिलाएर लैजान सकिन्छ’ भन्नुभयो ।

राष्ट्रपतिले खासै प्रतिक्रिया दिनुभएन ।

कुराकानीका क्रममा प्रचण्डले पटक–पटक संकेत गर्नुभएको विषय हो, सरकार र पार्टीको भविष्य सोचेजस्तो हिसाबको छैन,आन्तरिक असन्तुष्टि विष्फोटउन्मुख छ ।

मैले भनेँ, हुन दिनुस् । पार्टी नै मिलिसक्यो भने वादल र केपी मिल्दा के बिग्रिन्छ र ?’

टिप्पणीहरू