थापाथलीमा खसी, बोका र च्याङ्ग्रा किन्नेको घुइँचो, अन्यत्र पनि उत्तिकै भीड

थापाथलीमा खसी, बोका र च्याङ्ग्रा किन्नेको घुइँचो, अन्यत्र पनि उत्तिकै भीड

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले आजदेखि खसी, बोका र च्याङ्ग्रा सहुलियत मूल्यमा बिक्री गर्न थालेको छ ।

दशैंका लागि खाद्यले खोलेको सहुलियत पसलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर जिउँदो खसी ६७०, बोका ६७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँमा बिक्री भइरहेको जनाइएको छ । साथै कलंकी नजिकैको खसी बजारसहित काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिक्रेता र क्रेताबीच आपसी मोलतोल गरेर पनि खसी, बोका र च्याङ्ग्रा बिक्री भइरहेका छन् ।

चौपाया खरिद बिक्री सेवा संघले लोकल खसीबोकाको मूल्य प्रतिकिलो ६८० देखि ७१० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो १३ सय रुपैयाँ तोकेको छ ।

टिप्पणीहरू