सभामुख निवासमा सापकोटा, बालुवाटारमा वर्षमान

सभामुख निवासमा सापकोटा, बालुवाटारमा वर्षमान

नेपाली सेनाको समारोह सञ्चालन निर्देशनालयका सहायक रथी यमबहादुर सापकोटाले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । लैनचौरस्थित सभामुख निवास पुगेर उनले एक घण्टा कुराकानी गरेको बताइएको छ ।

सभामुख सापकोटालाई भेट्न सहायक रथी सापकोटा हिजो बिहान ८ बजेतिर लैनचौर पुगेका थिए ।

हिजै नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । प्रधानमन्त्री भेट्न बिहान पौने ११ बजे बालुवाटार पुगेका पूर्वअर्थमन्त्री समेत रहेका पुन सवा ११ बजे त्यहाँबाट बाहिरिएका थिए ।

नेपाल भ्रमणमा रहेको भारतीय सशस्त्र बल (एसएसबी) का प्रमुख सुयोज लाल थाओसेनको टोलीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँग भेटवार्ता गरेको छ । हिजो लैनचौरस्थित भारतीय दूतावासमा थाओसेनसहित छ सदस्यीय टोलीले राजदूत श्रीवास्तवसँगै दूतावासका उच्च पदाधिकारीहरुसँग भेटवार्ता गरेको हो ।

भारतीय दूतावासमा भएको भेटवार्ता अपरान्ह ३ देखि ४ बजेसम्म चलेको थियो ।

टिप्पणीहरू