राजधानीमा ट्राफिक प्रहरी सक्रिय, दिनहुँ हजारौं चालक कारवाहीमा

राजधानीमा ट्राफिक प्रहरी सक्रिय, दिनहुँ हजारौं चालक कारवाहीमा

ट्राफिक नियम उल्लंघन गर्ने ३१ सय बढी सवारी चालक कारवाहीमा परेका छन् । हिजो काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका १३२ जना, लेन अनुशासन पालना नगरेका ३३ जना, रेड लाइटमा सवारी साधन चलाएका ४० जना, निषेधित क्षेत्रमा हर्न बजाएका १३७ जना र नम्बर प्लेट राम्रोसँग नराखेका ३० जना चालक छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दुई हजार ७६६ जना सवारी चालकलाई अन्य कारवाही गरिएको छ ।

टिप्पणीहरू