अरिङ्गाल पोल्न गएका ज्ञानबहादुरको ज्यान गयो

अरिङ्गाल पोल्न गएका ज्ञानबहादुरको ज्यान गयो

बागलुङमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिङ्गालले टोकेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बाग्लुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गङ्गाबहादुर थापाका अनुसार रातको समयमा घर नजिकैको जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका रानालाई स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर फर्काइएको र आज बिहान घरमै ज्यान गएको हो ।

टिप्पणीहरू