डेंगुबाट ज्यान गुमाउनेको संख्या ३२ पुग्यो, संक्रमित २५ हजार बढी

डेंगुबाट ज्यान गुमाउनेको संख्या ३२ पुग्यो, संक्रमित २५ हजार बढी

पछिल्लो समय देशभर डेंगुका बिरामीको संख्या बढ्दो क्रममा छ । गत साउनदेखि देशव्यापी रुपमा फैलिएको डेंगुबाट हालसम्म ३२ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ हजार ५४३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये उक्त संख्यामा मृत्यु भएको हो ।

नेपालमा २०६१ सालमा पहिलो पटक डेंगु संक्रमित फेला परेका थिए । त्यसपछि वर्षेनी डेंगुका बिरामी बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७७५, मधेशमा ३८०, बागमतीमा १९ हजार ९१०, गण्डकीमा ५५६, लुम्बिनीमा दुई हजार ८८७, कर्णालीमा २३१ र सुदूरपश्चिम प्रदेशमा ८०४ जनामा डेंगु पुष्टि भइसकेको छ ।

टिप्पणीहरू