भक्तपुरमा १९ वर्षीया किशोरी बलात्कृत

भक्तपुरमा १९ वर्षीया किशोरी बलात्कृत

भक्तपुरमा १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । गत भदौ २१ गते बलात्कृत भएको खबर अहिले बाहिरिएको छ ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार रामेछापको उमाकुण्ड गाउँपालिका–३ घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोट तल्लो हाइटमा बस्दै आएका ३९ वर्षीय जयन्त थापा बलात्कार आरोपमा पक्राउ परेका छन् ।

उनले गत भदौ २१ गते दिउँसो ती किशोरीलाई आफ्नै कोठामा लगेर बलात्कार गरेको बताइएको छ । बलात्कारपछि उनी फरार भएको किशोरीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

जाहेरीपछि प्रहरी वृत्त थिमिबाट खटिएको टोलीले आज थापालाई पक्रेर आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

टिप्पणीहरू