धादिङमा बसको ठक्करबाट २१ महिने बालकको मृत्यु

धादिङमा बसको ठक्करबाट २१ महिने बालकको मृत्यु

धादिङको धुनिबेशी नगरपालिका–३, धोबीखोलामा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

जीवनपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.२ ख १६ ६१ नम्बरको बसले आज बिहान ११ बजे स्थानीय लक्ष्मण पौडेलका २१ महिने छोरा ललित पौडेललाई ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।

घाइते बालकको उपचारको क्रममा बी एण्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो । बससहित चालकलाई नियन्त्रणमा लिएर अनुसनधान गरिरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू