यसकारण पुगे भारतीय एसएसबी प्रमुख पशुपतिनाथमा

यसकारण पुगे भारतीय एसएसबी प्रमुख पशुपतिनाथमा

भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोयलाल थाओसेनले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन् । उनी छ सदस्यीय टोलीको नेतृत्व गर्दै हिजो नेपाल आएका हुन ।

आजदेखि पर्सिसम्म राजधानीमा हुन लागेको सशस्त्र प्रहरी बल नेपाल र एसएसबीबीचको वार्षिक समन्वय बैठकमा सहभागी हुन थाओसेना नेपाल आएका हुन् । उनी नेपाल वायुसेवा निगमको उडानबाट हिजो साँझ साढे ७ बजे काठमाडौं आएका थिए ।

आज बिहान दुई सशस्त्र प्रहरी बलबीच हुने औपचारिक बैठकअघि पशुुपतिनथाको दर्शन गर्न त्यहाँ पुगेको स्रोतले बताएको छ ।

टिप्पणीहरू