छातीमा सिलौटो बजारेर श्रीमतीको हत्या

छातीमा सिलौटो बजारेर श्रीमतीको हत्या

धनुषामा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्ति समातिएका छन् । गणेशमान चारनाथ नगरपालिका–६ मुसहर टोलका रेबिया सदालाई श्रीमती हत्याको आरोपमा प्रहरीले आज पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरि रेबियाले ३२ वर्षीया श्रीमती दुलारी सदालाई सिलौटाले छातीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएका प्रहरीले जनाएको छ ।

घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरि अनुसन्धान अघि बढाएको छ ।

टिप्पणीहरू