लागूऔषधसहित चार भारतीय नागरिक पक्राउ

लागूऔषधसहित चार भारतीय नागरिक पक्राउ

पर्सामा लागूऔषधसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका-१४ गण्डक चोकबाट गएराति उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारत घर भएका २७ वर्षीय ओम प्रकाश महतोसहित चार जना रहेका छन् । उनीहरुको साथबाट टिटि ५१ सय पिस र निटजा केयर तीन हजार ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले ई-रिक्सामा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारेको हो । पक्राउ परेका चारै जनामाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू