आवासीय चिकित्सकहरुको गुनासो, ‘भत्ता नपाँउदा बाँच्न गाह्रो भो !’

आवासीय चिकित्सकहरुको गुनासो, ‘भत्ता नपाँउदा बाँच्न गाह्रो भो !’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा कार्यरत आवासीय चिकित्सकहरुले निर्वाह भत्ता उपलब्ध गराउन माग गरेका छन् । आवासीय चिकित्सकहरुको संस्था रेजिडेन्ट एशोसिएशन अफ न्याम्स (र्यानले) ले आज विज्ञप्ति जारी गर्दै भत्ता नपाएको विषयमा सरोकारवालाहरुको ध्यानाकर्षण गराएका हुन् ।

विगत दुई महिनादेखि निर्वाह भत्ता नपाउँदा दैनिक जीवनयापनमा कठिनाई भएको र त्यसले सेवा प्रवाह गर्ने मनोबलमा प्रत्यक्ष असर पारेको विज्ञप्तिमा उल्लेख छ । सम्बन्धित निकायहरुमा बारम्बार अनुरोध गर्दासमेत सकारात्मक प्रतिफल नआएको भन्दै र्यानले प्रतिष्ठान, चिकित्सा शिक्षा आयोग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल चिकित्सक आयोगलाई भत्ताका लागि पहल गरिदिन आग्रह गरेको हो ।

आवासीय चिकित्सकहरुले अध्ययन तथा प्रयोगात्मक अवधिभर अन्य कुनै पनि संस्थामा काम गर्न नपाउने प्रावधान छ ।

टिप्पणीहरू