अमेरिकी मन्त्री ट्रुडो नेपाल आएर यूएई, उज्वेकिस्तान हुँदै किर्गिज जाने

अमेरिकी मन्त्री ट्रुडो नेपाल आएर यूएई, उज्वेकिस्तान हुँदै किर्गिज जाने

विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजाबेथ केनेडी ट्रुडो नेपाल भ्रमणमा आउने भएका छन् । १२ दिने भ्रमणअन्तर्गत उनी भोलि नेपाल आउन लागेकी हुन् ।

सेप्टेम्बर २८ देखि अक्टोबर ९ गतेसम्म उनले नेपालसंगै संयुक्त अरब इमिरेट्स, उज्वेकिस्तान र किर्गिज गणतन्त्रको भ्रमण गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

नेपालमा रहँदा मन्त्री ट्रुडोले अल्पसंख्यक समूहका कार्यकताहरु, मिडिया, दूतावासको आदानप्रदान कार्यक्रमका पूर्व विद्यार्थीहरुसंग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, लोकतन्त्रमा मिडियाको भूमिकाबारे छलफल गर्ने बताइएको छ ।

सो क्रममा उनले काठमाडौंस्थित एम्बेसडर फण्ड फर कल्चरल प्रिजर्भेसन (एएफसीपी) साइटहरु पनि भ्रमण गर्नेछिन् ।

त्यस्तै, युएई पुगेर उनले प्यान–अरब मिडिया आउटलेट र दुबई सार्वजनिक नीति अनुसन्धान केन्द्रसंग छलफलमा भाग लिनेछिन् । उज्बेकिस्तानको वेबस्टर विश्वविद्यालयमा उनले मिडिया स्नातक गरेका पेशेवरहरुलाई मुख्य भाषण दिने कार्यक्रम रहने छ । मन्त्री ट्रुडोले किर्गिज गणतन्त्रका आधिकारिक सरकारका प्रवक्ताहरुसंग बदलिएको मिडिया परिदृश्यबारे छलफल गर्ने कार्यक्रम पनि तय भएको छ ।

टिप्पणीहरू