मुस्लिम देशमा हिन्दू तीर्थयात्री बोकेको डुंगा पल्टिँदा ५१ जनाको मृत्यु

मुस्लिम देशमा हिन्दू तीर्थयात्री बोकेको डुंगा पल्टिँदा ५१ जनाको मृत्यु

बंगलादेशमा डुंगा पल्टिँदा ५१ जना हिन्दू तीर्थयात्रीको मृत्यु भएको छ । खचाखच तीर्थयात्रीले भरिएको डुंगा बोडा शहरनजिकै कारोटोआ नदीको तटमा पल्टिँएको थियो ।

दुर्घटनामा अझै केही बेपत्ता भएको बंगलादेश प्रहरीले जनाएको छ । अस्ति भएको यो दुर्घटनामा बेपत्ता भएका अन्य व्यक्तिको आज पनि खोजी कार्य जारी छ । अग्निनियन्त्रक र गोताखोरहरूले खोजी गरिहेका छन् ।

महलयाको अवसरमा हिन्दूहरूले आफ्ना पुर्खालाई भेटी दिने क्रममा करिब ९० जना हिन्दू तीर्थयात्री बोकेको डुंगा दुर्घटनामा परेको हो । क्षमताभन्दा बढी यात्रुका कारण सो डुंगा दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।

टिप्पणीहरू