टन्न चाँदीको गहना बोकेर भारत छिर्दाछिर्दै बोर्डरमै पक्राउ

टन्न चाँदीको गहना बोकेर भारत छिर्दाछिर्दै बोर्डरमै पक्राउ

चाँदीका गरगहना चोरेर भारत लैजान खोज्ने दुई जना सप्तरीबाट समातिएका छन् । गहना चोरी गरेको अभियोगमा प्रहरीले झापा शिवसतासी-२ का २५ वर्षीय करण लोहार र कमल गाउँपालिकाका ३५ वर्षीय मणीप्रसाद विश्वकर्मालाई पक्रेको हो ।

सप्तरीबाट भारत जाँदै गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेक गर्दा १३ किलो ९५५ ग्राम चाँदी फेला परेको थियो । प्रहरीका अनुसार तयारी चाँदीका औंठी,ब्रासलेट,बालालगायतका गरगहना बरामद भएको छ ।

दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको निम्ति राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको प्रहरीले जनाएको छ । बरामद चाँदीको बजार मूल्य १४ लाख ११ हजार ७०७ रुपैयाँ रहेको छ ।

टिप्पणीहरू