नेपाल एअरलाइन्सका करार कर्मचारी लागुऔषधसहित पक्राउ

नेपाल एअरलाइन्सका करार कर्मचारी लागुऔषधसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संवेदनशील स्थानसम्म पुग्ने पास भिरेका नेपाल वायुसेवा निगमका एक जन करार कर्मचारी लागुऔषध ओसारपसारमा समातिएका छन् । कर्मचारी अर्जुन कुँवरलाई प्रहरीको विशेष अनुसन्धान टोलीले पक्रेको हो ।

विमानस्थलको ‘ए’ र ‘सी’ क्षेत्रसम्म पुग्न सक्ने पास नम्बर एम ०८०५३ बोकेका कुँवरको साथबाट ८ ग्राम पोलेण्ड नाम दिइएको लागुऔषध फेला परेको हो ।

कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको बताइन्छ । उनी सुनगाभा म्यानपावर एजेन्सीका तर्फबाट नेपाल वायुसेवामा करारतर्फ भर्ना भएका थिए ।

टिप्पणीहरू